शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

सोमबार २० श्रावण, २०८२ nepalexplores 1482


प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

१९ साउन, काठमाडौं । 
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।

आजको बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२ औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै आजको बैठकमा राष्ट्रपति कार्यालय बाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन) विधेयक, २०७९’ संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता भएको औपचारिक जानकारी गराउने सम्भावित कार्यसूची समेत रहेको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु