शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

नेपाल बाट निर्यात भयो चार वर्षमा झन्डै ४९ अर्ब रूपैयाँको बिजुली

बुधबार ११ भाद्र, २०८२ nepalexplores 1616


नेपाल बाट निर्यात भयो चार वर्षमा झन्डै ४९ अर्ब रूपैयाँको बिजुली

भदौ ११ काठमाडौं ।
नेपाल बाट चार वर्षमा झन्डै ४९ अर्ब बढीको बिजुली बत्ती निर्यात भएको छ।

नेपालले पछिल्ला चार आर्थिक वर्षमा झन्डै ४९ अर्ब रूपैयाँको बिजुली निर्यात जरेको जनाएको छ। यस अवधिमा नेपालले ४८ अर्ब ८४ करोड रूपैयाँको बिजुली भारत र बंगलादेशलाई बेच्याे। भने ६४ अर्ब ७४ करोड रूपैयाँको बिजुली आयत गरेकाे छ।

पहिलो पटक ३९ मेगावाट बिजुली निर्यात भए यता हरेक वर्ष निर्यात बढ्दै गएर हाल नेपालले भारतमा १०९०.९ मेगावाट बिजुली निर्यात गर्ने अनुमति पाएको छ। नेपालले सन् २०२१ नोभेम्बर (२०७८ कात्तिक १७) देखि भारतमा बिजुली निर्यात गर्न थालेको थियो। 

भारतसँगै नेपालले बंगलादेशमा पनि २०८१ कात्तिक ३० देखि बिजुली निर्यात सुरू गरेको छ। हाल भारतीय प्रसारण लाइन प्रयोग गरेर ४० मेगावाट बिजुली निर्यात गरिँदै आएको छ।

भारत र बंगलादेश गरी बर्खाको समय कुल ११३०.९ मेगावाट बिजुली नेपालले निर्यात गरिरहेको छ। गत आर्थिक वर्ष २०८१, ८२ मा नेपालले भारत र बंगलादेश गरी साढे १७ अर्ब रूपैयाँको बिजुली निर्यात गरेको थियो।

भारतमा १७ अर्ब १९ करोड र बंगलादेशमा २६ करोड ६७ लाख गरी कुल १७ अर्ब ४५ करोड ६७ लाख रूपैयाँको बिजुली निर्यात गरेको गरेकाे छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु