मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

पूर्वप्रधानन्यायाधीश शुशिला कार्की प्रधानमन्त्री नियुक्त हुँदै

शुक्रबार २७ भाद्र, २०८२ nepalexplores 1398


पूर्वप्रधानन्यायाधीश शुशिला कार्की प्रधानमन्त्री नियुक्त हुँदै

२७ भदौ, काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश शुशिला कार्की प्रधानमन्त्री नियुक्त हुँने भएको छन्।

जेनजीकै मागअनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो। पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई आजै बेलुकी ९ बजे सरकार प्रमुख बनाउने गरी सहमति जुटेको स्रोतले जनाएको छ।

आज दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटे पछि राष्ट्रपति रामचन्द्र पौडेलले काकीलाई प्रधानमन्त्री नियूक्त गर्ने भएका हुन्।

शीतलनिवास सम्वद्ध स्रोतका अनुसार कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलकलाई आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताएका छन्।

अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको स्रोतले बताएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु