शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय  

सोमबार २५ कार्तिक, २०८२ nepalexplores 1347


यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय  

२४ कात्तिक, काठमाडौँ । 
आज बसेको मन्त्रिपरिष्द् बैठकको निर्णयहरु यस्तो छ।

आज बसेको बैठले कात्तिक २७ गतेदेखि लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक दानबाहुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको अनुसार आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको बताएका छन्।

त्यस्तै कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत कोर्डिनेशन बैठकको नवौँ बैठकमा सहभागी हुन नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति दिएको जनाको छ। 

सरकारले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। भने २०८२ फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको जनाएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु