मंगलवार २४ मंसिर, २०८२ (Tuesday December 09, 2025)

पुस १ गतेदेखि बाघ गणना हुँदै

बुधबार ११ मंसिर, २०८२ nepalexplores 1280


पुस १ गतेदेखि बाघ गणना हुँदै

१० मंसिर, काठमाडौं ।
पुस १ गते देखि बाघ गणना हुँने भएको छ।

गत वर्ष हुने भनिएको बाघ गणना यस वर्ष पुस १ गतेदेखि थालिने भएको हो। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको जनाएका छन्।

पुस, माघ र फागुन तीन महिना लगाएर बाघ गणना गर्न लागिएको जनाएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुसार सुरुमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स बनाएर गणना थालिने जनाएको छ।

ती ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा जडान गरीने र त्यसमा क्यामेरा १५ रात राखे पछि अर्को ग्रीडमा सारिने जनाउको छ। 

दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाईने र त्यहाँ भित्र पनि तीन वटा ब्लक हुने छ। भने तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुने र यो एउटै ब्लक बनाइने विभागले जनाएको छ।

सरकारी र दातृ निकायहरुको सहयोगमा बाघ गणना गर्न लागिएको जनाएको छ।

निकुञ्ज विभागले सरकारी निकाय र दातृ निकायहरुसँग भएका १ हजार १०० क्यामेरा गणनामा प्रयोग गर्न लागेको र क्यामेरा पुरानै प्रयोग गरिने भएकाले बाघ गणनामा रु.२ करोड ५० लाख हाराहारी खर्च हुने अनुमान गरिएको विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बताएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु