बिहीबार २६ मंसिर, २०८२
२५ मंसिर, काठमाडौं।
पुस देखि बाघ गणना गरिँदै छ।
चितवन, पर्सा तथा बाघ भएको निकुञ्ज बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलमा पनि पुस १ गते देखि बाघ गणना गर्न लागिएको हो।
पुस १ गते देखि तीन महिना सम्म लगाएर बाघ गणना गर्न लागिएको जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाको अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइ तालिममा भाग लिएकालाई गणनामा खाटाईने बताएका छन्।
तालिममा निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंम सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन् । भने करिब एक सय ५० जना तालिम लिएर बाघ गणनामा खटिने जनाएका छन्।
हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ। भने बाघ गणनामा पुस ३ गते देखि तालिम लिएकाहरुलाई गणनाका लागि कार्यक्षेत्रमा परिचालन गरिने जनाएका छन्।
गणनाका क्रममा दुई निकुञ्जलाई तीन भागमा बाँडेर गणना गरिने छ। हरेक भागमा २० दिन क्यामेरा राखिने छ। एक भागमा ३०० ग्रिड हुनेछन्। एउटा ग्रिडमा २० दिन एउटा क्यामेरा राखिने छ। ग्रिडहरुकोबीच भागपर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने जनाएका छन्।
उनीहरुले भूगोल अनुसार आठदेखि बाह्र सम्मको ग्रिडमा राखिएको क्यामेरा दैनिक अनुगमन गर्ने र ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने बताएका छन्।
बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने र ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ। बाघको फोटो हेरेर शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने सूचना अधिकारी थापाको जानकारी दिएका छन्।
दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ। त्यहाँभित्र पनि तीन वटा व्लक हुने छन्। तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुने छ। यो एउटै व्लक बनाइ बाघ गणना गरिने जनाएको छ।
यस अघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ, चितवनमा १ सय २८, बर्दिया निकुञ्जमा १ सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको तथ्याङ्क सार्वजनिक भएको थियो।
बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी रहेको जनाएको छ।