शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सुरु गर्यो दुलर्भ सुनौलो तोपको गणना 

शुक्रबार २९ असार, २०८१ nepalexplores 1710


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सुरु गर्यो दुलर्भ सुनौलो तोपको गणना 

२७ असार, कञ्चनपुर । 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको गणना सुरु गरेको छ।
दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो। अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) र निकुञ्ज कार्यालयका प्रतिनिधि संलग्न रहेका निकुञ्जका सूचना अधिकारले जानकारी दिए।

दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चराको आहारविहार, सङ्ख्या, बासस्थानलगायतको अध्ययन गरिने उनले बताए।

“सुनौलो तोप चराको गुँडको अवस्था, सिकारी चराले पुर्याउने हानी, भाले र पोथीको सङ्ख्या, कस्तो प्रकारको कुन प्रजातिको रुखमा गुँड लगाउनेबारे अध्ययन गर्दै चरालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर अनुगमनका क्रममा देखिएका समस्या र अवस्थाका बारेमा छलफल गरी संरक्षण र व्यवस्थापनको योजना बनाउने छौँ।” निकुञ्जकाले बताए।

नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चराले घाँसे मैदानको बीच भागमा गुँडड लगाउने गर्दछ । झट्ट हेर्दा भगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए ।

सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो। “त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ। चराले “रुखका हाँगामा कलात्मक तरिकाले पात सिएर गुँडड बनाउछ र बच्चा कोराल्ने गर्दछ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु