आईतवार ६ बैशाख, २०८३
६ वैशाख, काठमाडौं।
अन्नपूर्ण हिमालमा आरोहण सुरु भएको छ।
चालु आर्थिक वर्ष वसन्तयामको अन्नपूर्ण प्रथम हिमाल आरोहण सुरु भएको हो।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ।
यस वर्ष सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूर्णको चुचुरो चुमेका हुन्।
आरोहण गर्नेहरूमा क्यानडाका चाल्र्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ र अजरवैजानका इस्फार्ली असुुर्ली रहेको सेभेन समिटले जनाएको छ।
नेपाली लाक्पासहित छेवाङ, दावा नर्बु, पासाङ दुुङपा, छाङुबा, तारामान र पासाङ शेर्पाले पनि शनिबार नै अन्नपूर्णको सफल आरोहण गरेको कम्पनीले जनाएको छ।
मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङको अनुसार शनिबार विहान १०ः१५ बजे नेदरल्यान्ड र अष्टेलियाका दुई आरोहीसँगै एक शेर्पाले सफलतापूर्वक आरोहण गरेको जानकारी दिएका छन्।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभाग बाट ४ समूहका २७ जनाले अनुमति लिएको जानकारी दिएका छन्।
उनीहरू बाट रु. १ करोड २० लाख ४९ हजार १७५ राजस्व प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताएको छन्। अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल भित्र पर्छ।
विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेको ३ वर्ष पछि १९५३ सालमा सरएडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।