शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

आज देखि भक्तपुरमा बिस्केट जात्रा सुरु 

शुक्रबार २७ चैत्र, २०८२ nepalexplores 1587


आज देखि भक्तपुरमा बिस्केट जात्रा सुरु 

२७ चैत, काठमाडौं।

आज देखि भक्तपुरमा बिस्केट जात्रा सुरु भएको छ।

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट (बिस्का) जात्रा लिच्छविकाल देखि सुरु भएको मानिन्छ। 

बिस्का जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गते भन्दा चार दिन अघि बाट भैरव र भद्रकालीको रथ तानेर सुरु हुने र वैशाख ५ गते सम्पन्न हुने गर्दछ।

तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा सुरु हुने र बिस्काः जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने गर्दछ।

बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गण बाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ।
 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु