बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

भक्तपुरमा नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकको भिड

मंगलवार १ बैशाख, २०८३ nepalexplores 1162


भक्तपुरमा नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकको भिड

१ वैशाख, काठमाडौं।

भक्तपुरमा नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकको भिड बढेको छ।

नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो दिन भक्तपुर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढेको हो। 

भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोट, रानीकोटमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुँदा होटल व्यवसायी उत्साहित भएका छन्।

वर्ष २०८३ को आगमनले भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोट बाट रानीकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकले भरिएको जनाएका छन्।

विसं २०८२ को बिदाइ गर्दै २०८३ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटको आकर्षण थप बढाएको होटल व्यवसायीले बताएका छन्।

सामान्य देखि फाइभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि व्यवसायी थप होटल र कोठा थप्न उत्साहित भएको नगरकोट बेसक्याम्पका सञ्चालक अनुप केसीले जानकारी दिएका छन्। 

नगरकोटमा सामान्य देखि तारेसम्मका होटल सञ्चालनमा आएका नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका अध्यक्ष नवीन लामाले जानकारी दिएका छन्। 

केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल नयाँ वर्षमा आन्तरिक पर्यटकले भरिएको जनाएका छन्।

समुद्री सतह बाट २ हजारर मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोट बाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिने भएकाले पर्यटकको आगमन बढेको जनाएका छन्।

रानीकोट बाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल हेर्न सकिन्छ। 

सूर्यविनाक बाट घ्याम्पेडाँडा हुँदै रानीकोट पुग्न सकिने यस क्षेत्रमा पर्यटकको आगमन बढेसँगै दर्जनभन्दा बढी नयाँ होटल थप भएको जनाएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु