बुधबार २५ चैत्र, २०८२
२५ चैत, काठमाडौं।
चितवन जिल्लामा खेतीयोग्य जमिन ४८ हजार ६९४ हेक्टर रहेकोमा ४२ हजार ५५० हेक्टर खेतीयोग्य जमिन सिँचाइविहीन भएको छ।
चितवनमा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै सिँचाइ पुग्न नसकेको बताएका छन्।
खेती भइरहेको जमिनको ६१ दशमलव ८ प्रतिशत क्षेत्रफल मात्र सिँचाइ सुविधा पुगेको कृषि विकास कार्यालय चितवनको सूचना अधिकारी बिन्दु पौडेलले बताएका छन्।
कृषि विकास कार्यालय चितवनकी सूचना अधिकारी बिन्दु पौडेलका अनुसार खेतीयोग्य जमिनमध्ये हाल ४२ हजार ५५० हेक्टरमा खेती भइरहेको बताएका छन्।
खेती हुँदै आएको जमिनमध्ये २६ हजार ३०८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको पौडेलले जानकारी दिएको छन्।
कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षसम्म २२ हजार ६३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा रहेकामा यसवर्ष थप क्षेत्रफलमा वृद्धि भएको सिँचाइ डिभिजन कार्यालय चितवनले जनाएको हो।
नारायणी लिफ्ट तथा खडेरी सिँचाइ बाट भरतपुर र पश्चिम क्षेत्रमा हुने गरेको कृषियोग्य जमिनको क्षेत्रफल भने नहरहरु मासिँदा सिञ्चित क्षेत्रफल घटेको जनाएको छ।
नारायणी लिफ्ट, खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार यो आयोजनाबाट हुने सिँचाइमध्ये ३८ प्रतिशत क्षेत्रफल घटेको छ।
मुख्यगरी नारायणी लिफ्ट सिँचाइ प्रणालीको नहर प्रणालीका अधिकांश शाखा नहर मासिँदा सिँचाइको क्षेत्रफल घट्न गएको कार्यालयका प्रमुख कुलप्रसाद चालिसेले जानकारी दिएका छन्।