शुक्रबार १५ श्रावण, २०८३
१५ साउन, काठमाडौं ।
प्रथम राष्ट्रपति–उपराष्ट्रपतिसँग राष्ट्रपति पौडेलले छलफल गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले तराई–मधेशमा देखिएको विषम परिस्थिति बारे प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झा सँग शीतलनिवासमा छलफल गरेका हुन् ।
आज राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले दुवैजना सँग तराई–मधेशको समस्याबारे छलफल भएको जनाएका छन् ।
राष्ट्रपति पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्ज लगायत तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका बारेमा छलफल भएको जनाएको छ ।
प्रथम राष्ट्रपति–उपराष्ट्रपति सँग छलफल गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलले तराई–मधेशमा घटेका घटना प्रति चिन्ता व्यक्त गर्दै सदियौँ देखि रहि आएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायममा सबैले पहल गर्नुपर्ने विषयमा छलफल भएको जनाएको छ ।
प्रथम राष्ट्रपति डा. यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षामता राख्नुपर्ने बताएका छन् ।