सोमबार १ भाद्र, २०८३
१ भदौ, काठमाडौं ।
आर्थिक वर्षको पहिलो महिनामा ८.२५ प्रतिशत राजस्व बढेको छ ।
चालु आर्थिक वर्ष २०८३, ८४ को पहिलो महिनामा ८.२५ प्रतिशत बढेको छ ।
सरकारको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको जनाएको छ ।
आर्थिक वर्षको पहिलो पहिना साउन मसान्तसम्म सरकारले ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षमा राजस्व संकलन २७ प्रतिशतले बढाउने लक्ष्य राखेको थियो । भने गत आर्थिक वर्षमा १२ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व उठाएको सरकारले चालु वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।
आर्थिक वर्षको साउनमा कुल राजस्वमध्ये कर राजस्व ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ संकलन भएको जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ गैरकर राजस्व उठेको छ । गत वर्ष साउनमा यस्तो राजस्व ३ अर्ब ७९ करोड ५० लाख रुपैयाँ थियो ।
राजस्व वृद्धिको लक्ष्य उच्च भए पनि पहिलो महिनाको संकलन लक्ष्य अनुसारको गतिमा भने देखिएको छैन । सरकारले वार्षिक लक्ष्य पूरा गर्न बाँकी ११ महिनामा औसतमा मासिक औसत १ खर्ब ३५ अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठाउनु पर्ने हुन्छ ।
सरकारको कुल प्राप्ति भने चालु वर्षको पहिलो महिनामा ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।