शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

आज हरितालिका तीज विभिन्न कार्याक्रम गरि मनाइँदै

सोमबार २९ भाद्र, २०८३ nepalexplores 1239


आज हरितालिका तीज विभिन्न कार्याक्रम गरि मनाइँदै

२९ भदौ, काठमाडौं ।

आज हरितालिका तीज विभिन्न कार्याक्रम गरि मनाइँदै छ ।

आज देशभर हरितालिका तीज पर्व व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गरि मनाइरहेका छन् ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व विभिन्न स्थानमा भव्यताका साथ मनाइँएको छ ।

आजको दिन निराहार व्रत बसेर विधिपूर्वक पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेको छ। यही विश्वासका साथ व्रतालुहरु आज बिहानै देखि विभिन्न शिवालयहरुमा घुइँचो लागेका छन् ।

हरितालिका तीजको अवसरमा पशुपतिनाथ क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी र ट्राफिक व्यवस्थापन सहित सेवा सञ्चालन गरेकाे छ ।

दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापन सहितका सेवा सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दर्शनार्थीको सुरक्षा र सहजताका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको बताएका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु