शुक्रबार १६ आश्विन, २०८३ (Friday October 02, 2026)

खराब मौसमका कारण कैलाश मानसरोवर यात्रा प्रभावित

शुक्रबार १६ आश्विन, २०८३ nepalexplores 1142


खराब मौसमका कारण कैलाश मानसरोवर यात्रा प्रभावित

१६  असोज, काठमाडौं ।

खराब मौसमका कारण कैलाश मानसरोवर यात्रा प्रभावित भएको छ ।

हुम्लाको हिल्सामा भारी हिमपातले कैलाश मानसरोवर दर्शनका लागि आवतजावत बन्द भएको हो ।

हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका हुन् । 

अध्यागमन अधिकृत विमल पौडेलका अनुसार हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएकोे बताएका छन् ।

हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत समेत बन्द गरेको छ । 

हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका खुल्ने बताइएको बताएका छन् ।

चीनतर्फको सडक खुलाउने काम भइरहेको भए पनि हिल्सामा करिब दुई देखि अढाई फिटसम्म हिउँ जमेका कारण केहि समय लाग्ने हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदले बताएका छन् ।

यस वर्ष हालसम्म हिल्सानाका हुँदै छ हजार १० जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन् । 

अध्यागमन अधिकृत पौडेलका अनुसार कैलाश मानसरोवर जाने पर्यटकमा अधिकांश भारतीय, बेलायत, अमेरिका र नेपाली रहेका बताएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु