शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

वर्षाको कारण काठमाडौंको विभिन्न भाग डुवानमा

मंगलवार २३ श्रावण, २०८० Nepalexplores 1422


वर्षाको कारण काठमाडौंको विभिन्न भाग डुवानमा

काठमाडौं,२३ साउन 
भारी वर्षाले बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्षले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भनेका छन् ।

त्यस्तै चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा चार कोठे घर भत्किएको छ। घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार पहिरोले मानवीय क्षति भने भएक छैन ।

वर्षाले भक्तपुरको विभिन्न स्थानमा डुवान भएको छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेका हुन् । ‘हनुमन्ते लगायतका खोलाहरुको बहाव उल्लेख्य बढेको छ भने साखु, कपन र अनामनगर क्षेत्रहरु डुवानमा परेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु