बुधबार १७ भाद्र, २०८३ (Wednesday September 02, 2026)

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

बुधबार १५ असार, २०७९ Nepalexplores 1464


आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।


सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाले पहाडी भू-भागमा भू=क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु