बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

शनिबार ११ असार, २०७९ Nepalexplores 1241


आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ ।  प्रदेश–१ को एकदुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


राति  देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु