मंगलवार २६ फाल्गुन, २०८२ (Tuesday March 10, 2026)

गण्डकी प्रदेशमा ३ जना मन्त्रीले लिए शपथ

मंगलवार १० माघ, २०७९ nepalexplores 1454


गण्डकी प्रदेशमा ३ जना मन्त्रीले लिए शपथ

काठमाण्डौ । गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


उनीहरुको नियुक्ति सँगै ७ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको छ । यस अघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री नियुक्त भइसकेका थिए ।

मन्त्रीहरुको जिम्मेवारी पनि मंगलबार नै तोकिएको छ । एमालेका रोशन गाहाले आन्तरिक मामिला , सीता सुन्दासले आर्थिक मामिला र वेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रका हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात, रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु