बुधबार १२ चैत्र, २०८१ (Wednesday March 26, 2025)

आज यी, प्रदेशमा भारी वर्षाको सम्भावना

बिहीबार २३ असार, २०७९ Nepalexplores 1232



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 


वर्षासँगै पहाडी भू–भागमा भू–क्षय, गेग्रान र खहरे खोलाको बहाव बढ्ने जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु