आईतवार १ मंसिर, २०८२ (Sunday November 16, 2025)

रामेछापमा नेकपा एसका बस्नेतको उमेदवारी कायमै, प्रदेशमा मित्रवत प्रतिस्पर्धा हुने 

बुधबार २६ आश्विन, २०७९ Nepalexplores 1308


रामेछापमा नेकपा एसका बस्नेतको उमेदवारी कायमै, प्रदेशमा मित्रवत प्रतिस्पर्धा हुने 

 काठमाडौं । रामेछापको प्रदेश ’कʼ मा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको तर्फबाट रमेश कुमार बस्नेतको उमेदवारी कायमै भएको छ । 

गठबन्धनको सिट बाँडफाँडमा प्रतिनीधिसभा तर्फ नेपाली कांग्रेस र दुवै प्रदेशमा नेकपा माओवादी केन्द्रलाई पर्नेगरी भागबण्डा गरिएपछि नेकपा एसले जिल्लाका तिन वटै सिटमा उमेदवारी दर्ता गरेको थियो । प्रतिनीधिसभा तर्फ पोलिटब्यूरो सदस्य एवं जिल्ला ईञ्चाज देवशंकर पौडेल, प्रदेश ख मा केन्द्रीय सदस्य झम्क कंडेल र प्रदेस क मा जिल्ला पार्टी अध्यक्ष समेत रहेका रमेश कुमार बस्नेतको उमेदवारी परेको थियो । 

पार्टीका अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तीमा प्रतिनीधिसभा र प्रदेश ख को उमेदवारी फिर्ता गरिएको जनाइएपनि प्रदेश क मा भने बस्नेतको उमेदवारीलाई कायम राखिएको छ । 

गठबन्धनको भावना अनुसार संघ र प्रदेश ख को उमेदवारी फिर्ता गरिएको र प्रदेश क मा पार्टीले मित्रवत प्रतिस्पर्धा गर्ने गरि बस्नेतको उमेदवारी कायम गरिएकोे बताईएको छ । 

बस्नेत मन्थली नगपालिकाका निवर्तमान मेयर समेत हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा पनि बस्नेतले हाल गठबन्धनका उमेदवार समेत रहेका संविधानसभा सदस्य एवं माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । 
मेयर हुदाँ आफ्नो कार्यकालमा जनताको सेवामा अनवरत काम गरेकाले मन्थली नगरबासीका नजरमा बस्नेत उपयुक्त पात्रका रुपमा परिचित छन् । निर्णय क्षमतामा अब्बलता, पारदर्शिता, इमान्दारिता र लगनशीलताका कारणले जनताको मन जित्न सफल बस्नेत रामेछापको बाम आन्दोलनमा अग्रणी भुमिका निर्वाह गर्ने नेताका रुपमा चिनिन्छन् । 
आगामी मंसिर ४ गते हुने प्रतिनीधिसभा एवं प्रदेश सभा निर्वाचनमा प्रदेस क मा  त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको छ । 

गठबन्धनका तर्फबाट माओवादी केन्द्र रामेछापका जिल्ला सचिव एवं संविधान सभा सदस्य तारानारायण श्रेष्ठ, नेकपा एमालेको तर्फबाट निवर्तमान अध्यक्ष एवं प्रदेश सांसद शान्ति प्रसाद पौडेल र बस्नेत बीच त्रिपक्षीय प्रतिपर्धा हुने भएको हो ।
प्रदेश क मा श्रेष्ठ र पौडेललाई जनताले मत दिएर एक एक पटक निर्वाचित गरि टेष्ट गरिसकेका छन् भने बस्नेत नयाँ उमेदवार हुन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु