बुधबार २० कार्तिक, २०८२ (Wednesday November 05, 2025)

मणिग्राम र परासीमा ज्योति विकास बैंकको शाखा उद्घाटन

शुक्रबार १० असार, २०७९ Nepalexplores 1340


मणिग्राम र परासीमा ज्योति विकास बैंकको शाखा उद्घाटन

काठमाडौं । ज्योति विकास बैंकले  शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। जनताको आवश्यकता र बैँकको नीति अनुरुप शाखा विस्तार गरिएको बताईएको छ । 


तिलोत्तमा नगरपालिका वडा नं. ५, रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खाण र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरे । साथै, रामग्राम नगरपालिका वडा नं. ३ परासीस्थित परासी शाखाको समुद्घाटन रामग्राम नगरपालिकाका मेयर  धनपत यादव र बैंकका संचालक  मन महर्जनले संयुक्त रुपमा गरे। 


उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु