शुक्रबार २० चैत्र, २०८२ (Friday April 03, 2026)

कम्युनिष्टहरुले घमण्ड देखाईरहने हो भने काँग्रेसले आगामी चुनावमा बहुमत ल्याउन सक्छ: गौतम 

मंगलवार १४ असार, २०७९ Nepalexplores 1367


कम्युनिष्टहरुले घमण्ड देखाईरहने हो भने काँग्रेसले आगामी चुनावमा बहुमत ल्याउन सक्छ:  गौतम 


काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले  एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् र घमण्ड देखाईरहे भने काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताएका छन् । बहुमत नल्याए पनि काँग्रेस पहिलो शक्ति बन्ने स्पष्ट रहेको उनको भनाइ छ । 

मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले भने, ‘एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने या त नेपाली काँग्रेसले बहुमतै ल्याउँछ गठबन्धनबाट । नभएपछि सबैभन्दा ठूलो पार्टीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा स्थापित हुनेछ ।’ त्यसको ५ वर्षसम्म नेपाली काँग्रेसकै नेतृत्वमा काँग्रेसको संरचनाहरु रहने भन्दै उनले त्यसपछि काँग्रेसलाई दोस्रो निर्वाचनमा गठबन्धनको आवश्यकता नपर्ने बताए । 


आफूले यो सबै अनुमान गरेर अहिलेको स्थितिलाई परिवर्तन गर्न कम्युनिस्ट एकताका लागि अभियान थालेको बताएका छन ।​




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु