शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

नेप्से ४६ अंकले घट्यो,  २२ कम्पनीको शेयर मूल्यमा भने बृद्धि  

मंगलवार २१ असार, २०७९ Nepalexplores 1591


नेप्से ४६ अंकले घट्यो,  २२ कम्पनीको शेयर मूल्यमा भने बृद्धि  

काठमाण्डौ । शेयर बजार मापक सूचक नेप्से मंगलवार ४६.०८ अंकले घटेको छ। बजार घटेको भएपनि विभिन्न २२ कम्पनीको शेयर मूल्य भने ०.१० प्रतिशत देखि १० प्रतिशतसम्मले बढेको छ। 


मंगलवार सबैभन्दा बढी कमाउनेमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ। यसको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। न्यादी ग्रुप पावर र आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि ९.६१ प्रतिशत भन्दा बढीले कमाएका छन्। 

मंगलवार सबभन्दा बढी गुमाउनेमा भने घलेम्दी हाइड्रोपावरको लगानीकर्ता छन्। यसका लगानीकर्ताले ६.६० प्रतिशतले गुमाएका छन्। मंगलवार ५ प्रशितसम्मले गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावर, अजोड इस्योरेन्स, सीइडीबी हाइड्रोसहितका कम्पनी छन्। 

मंगलवार २२९ कम्पनीको शेयर कारोवार भएको छ। यी कम्पनीको ८६ लाख १३ हजार कित्ता शेयरको ४९ हजार पटक कारोवार भएको छ। यसबाट जम्मा २ अर्ब ९६ करोड रुपैयाँ कारोवार भएको पनि नेप्सेले जानकारी दिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु