शुक्रबार १ श्रावण, २०८३
१ साउन, काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २६७७ अंक कायम भएको ।
आज ४ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ । भने जलविद्युत्, लगानी र उत्पादन समूह ४ प्रतिशतभन्दा धेरै बढ्दा, २५७ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो र ३ को स्थिर रह्यो ।
बैंकिङ २.४१ प्रतिशत, विकास बैंक २.१८ प्रतिशत, फाइनान्स ३.३९ प्रतिशत, होटल तथा पर्यटन ३.६६ प्रतिशत, जलविद्युत् ४.५८ प्रतिशत, लगानी ४.१२ प्रतिशत र जीवन बीमा २.७४ प्रतिशत बढ्यो ।
उत्पादन तथा प्रशोधन ४.६० प्रतिशत, माइक्रोफाइनान्स १.८० प्रतिशत, निर्जीवन बीमा २.११ प्रतिशत, अन्य २.७७ प्रतिशत तथा व्यापार ०.८३ प्रतिशत बढ्यो ।
दुई कम्पनी श्रीनगर एग्रिटेक र सुर्यकुन्ड हाइड्रोको मूल्य १५ प्रतिशत, शिखर पावरको १२.५४ प्रतिशच, रिजलाइन इनर्जीको १२.०६ प्रतिशत, मिडसोलु हाइड्रोपावरको १२.०५ प्रतिशत र सिटी होटलको ११.९९ प्रतिशत बढ्यो ।
थ्रीस्टार हाइड्रोपावरको १०.९६ प्रतिशत, भुजुङ हाइड्रोपावरको १०.७२ प्रतिशत तथा नेसनल हाइड्रोपावरको १०.७० प्रतिशत मूल्य बढ्यो ।
आत्मनिर्भर लघुवित्तको मूल्य १५ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ८.७२ तथा कर्पोरेट डेभलपमेन्टको ४.१७ प्रतिशत घट्यो । भने सबै भन्दा धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर र ङादी ग्रुप छन् ।