शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

आज सेयर बजार नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५ अंक कायम

बुधबार २३ पुष, २०८२ nepalexplores 1348


आज सेयर बजार नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५ अंक कायम

२२ पुस, काठमाडौं । 
आज सेयर बजार नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५ अंक कायम भएको छ।

अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज घटेर ५ अर्ब १७ करोड मात्र कारोबार भएको छ।  

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत फस्र्ट माइक्रोफाइनान्सको ३.३५ प्रतिशत, शुभम् पावरको २.६७ प्रतिशत, सयपत्री हाइड्रोपावरको २.६३ प्रतिशत, मञ्जुश्री फाइनान्सको २.५६ प्रतिशत मूल्य बढ्यो।

फाइनान्समा समूह ०.२१ प्रतिशत,बैंकिङ ०.२४ प्रतिशत, विकास बैंक ०.८४ प्रतिशत, होटल तथा पर्यटन १.४२ प्रतिशत र हाइड्रोपावर ०.७९ प्रतिशत घट्यो। 

लगानी ०.५४ प्रतिशत, जीवन बीमा ०.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१६ प्रतिशत, माइक्रोफाइनान्स ०.४ प्रतिशत, निर्जीवन बीमा ०.६० प्रतिशत तथा अन्य समूह ०.५३ प्रतिशत घट्यो।

एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत, जीवन विकास लघुवित्तको ६.५९ प्रतिशत, विन नेपाल लघुवित्तको ५.५३ प्रतिशत, ट्रेड टावरको ४.६४ प्रतिशत, दरामखोला हाइड्रोपावरको ४.१३ प्रतिशत मूल्य घट्यो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु