आईतवार २१ असार, २०८३ (Sunday July 05, 2026)

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा

मंगलवार १४ असार, २०७९ Nepalexplores 1352


भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा

काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी बर्दघाट सुस्ता पूर्व०को बर्दघाटसम्मको भरतपुर बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ।

चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरूण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो।

नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत् निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो। ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २४६ वटा टावरमध्ये २४४ वटाको निर्माण गरी तार टाँगिएको छ।


प्रसारण लाइनको मार्गधिकार परिवर्तनको माग गदै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण लाइन निर्माणको काम २०७७ को चैतबाट रोकिएको थियो। सर्वोच्च अदालतले रिट खारेज गरिदिएकाले अब अब मुआब्जा निर्धारणको प्रक्रिया सुरू गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले बताएका छन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु