बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

वीरगञ्ज सुक्खा बन्दरगाह खाली कन्टेनरले सञ्चालनमा समस्या

मंगलवार २५ भाद्र, २०८१ nepalexplores 1371


वीरगञ्ज सुक्खा बन्दरगाह खाली कन्टेनरले सञ्चालनमा समस्या

२५ भदौ, काठमाडौं । 
वीरगञ्ज सुक्खा बन्दरगाहमा कोरोना महामारी देखि थुप्रिएका खाली कन्टेनरका कारण सञ्चालनमा समस्या आएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समिति र लिमिटेडका अधिकारीहरूबीच वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो। सो अवसरमा समितिका तर्फबाट रित्ता कन्टेनर फिर्ता लैजान र बन्दरगाह व्यवस्थित गर्न आग्रह गरिएको हो।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडको रहेको जानकारी गराएको छ। समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ।

वीरगञ्ज सुक्खा बन्दरगाहमा ७ सय वटासम्म रित्ता कन्टेनर भने राख्ने गरिएको छ। यसो गर्दा कार्गो रेलले ल्याएका भरिभराउ कन्टेनर बन्दरगाहमा छाडी रित्ता कन्टेनर रेलमा पठाउने गरिन्छ। यसो गर्दा माल–सामान अनलोडमा लाग्ने समय कम भई काम छिटो हुन्छ।

कोरोना महामारीको समयमा रेलमा कार्गो भरिएर आउने तर रित्ता कन्टेनर नलैजाने गर्दा धेरै कन्टेनर बन्दरगाहमा थुप्रिएका थिए। कुनै समय १८,१९ सय कन्टेनर थुप्रिएकोमा अहिले रित्ता कन्टेनरको संख्या ११ सय २० वटा रहेको छ। जसमध्ये लिमिटेडका मात्र ५५१ वटा छन्।

कन्टेनर फिर्ता लगेर सुख्खा बन्दरगाहमा कार्गो ह्यान्डलिङ सहज र व्यवस्थित गर्ने विषयमा समिति र लिमिटेडबीच सहमति भएको समितिले जनाएको छ। आवश्यकताभन्दा दोब्बर कन्टेनर भरिँदा व्यवस्थापनमा समस्या भएको समितिले जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु