शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

वीरगञ्ज भन्सार कार्यालय द्वारा पाँच महिनामा ९६ अर्ब बढीको राजस्व सङ्कलन

बुधबार २ पुष, २०८२ nepalexplores 1655


वीरगञ्ज भन्सार कार्यालय द्वारा पाँच महिनामा ९६ अर्ब बढीको राजस्व सङ्कलन

२ पुस, काठमाडौं। 
वीरगञ्ज भन्सार कार्यालय द्धारा पाँच महिनामा ९६ अर्ब बढीको राजस्व सङ्कलन भएको छ। 

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु.९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको जनाएको हो।

कार्यालयले गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रु. १२ अर्ब १ करोड अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीको अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन्। 

कार्यालयले मङ्सिर महिनामा रु.२१ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् रु. २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको जनाएको छ।

चालु आर्थिक वर्षको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व मङ्सिर महिनामा सङ्कलन भएको प्रमुख भन्सार प्रशासकले बताएका छन्। 

साउनमा रु, १८ अर्ब ४४ करोड, भदौमा रु.२० अर्ब ७३ करोड, असोज महिनामा रु.१९ अर्ब ९ करोड, कात्तिक महिनामा रु. १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा रु. २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु