शुक्रबार २९ जेष्ठ, २०८३ (Friday June 12, 2026)

नेपालबाट १० करोड भन्दा बढीको कफी विदेश निर्यात

मंगलवार २१ असार, २०७९ Nepalexplores 1526


नेपालबाट १० करोड भन्दा बढीको कफी विदेश निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८ ७९ को ११ महिनाको अवधिमा नेपालबाट १० करोड ६६ लाख रुपैयाँ बराबरको कफी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि जेठसम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको कफी निर्यात भएको हो ।


विभागका अनुसार यस अवधिमा नेपालबाट ६२ हजार किलोग्राम कफी निर्यात भएको छ । नेपालबाट विश्वका विभिन्न १६ वटा देशमा कफी बिन्स निर्यात भएको देखिन्छ । जसमध्ये, सबैभन्दा धेरै युरोपियन मुलुकमा निर्यात भएको विभागले जनाएको छ ।

जर्मनीमा १ करोड ८५ लाख रुपैयाँको कफी निर्यात हुँदा स्वीजरल्याण्डमा २ करोड ४३ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, जापानमा ३ करोड ७३ लाख रुपैयाँको कफी निर्यात भएको तथ्यांकले देखाएको छ ।


यसबाहेक, अष्ट्रेलिया, अष्ट्रीया, क्यानडा, चीन, अमेरिका, बेलायत, इटाली, हङकङ, नर्वे, दक्षिण कोरिया लगायतका देशमा निर्यात भएको विभागले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु