शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

कोरोना सङ्क्रमणको त्रास, टेम्केमैयुङका विद्यालयहरु बन्द

बुधबार २५ श्रावण, २०७९ Nepalexplores 1214


कोरोना सङ्क्रमणको त्रास, टेम्केमैयुङका विद्यालयहरु बन्द

भोजपुर । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । 

शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । 


यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ । सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु