शनिबार ९ श्रावण, २०८३ (Saturday July 25, 2026)

 तलब १५ प्रतिशत मात्रै वृद्धि, घोषणा गरिएको भन्दाबढी तलब बढाउने प्रयास असफल

आईतवार २९ श्रावण, २०७९ Nepalexplores 1485


 तलब १५ प्रतिशत मात्रै वृद्धि, घोषणा गरिएको भन्दाबढी तलब बढाउने प्रयास असफल

काठमाडौं । बजेटमा घोषणा गरिएको भन्दाबढी तलब बढाउने प्रयास असफल भएको छ । मन्त्रिपरिषदको २६ साउनको बैठकले बजेट भाषणमा उल्लेख गरिए अनुसार १५ प्रतिशत मात्र तलब वृद्धि गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।


आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्यमा कर्मचारीको तलब १५ प्रतिशत बढाउने घोषणा गरिएको थियो । तर मर्यादाक्रमअनुसार मिलाउने भन्दै मन्त्रालयले अधिकृत वा सोभन्दा माथिल्लो तहको तलब २४ प्रतिशतसम्म बढाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पठाएको थियो । यस विरुद्ध नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु