बिहीबार २० बैशाख, २०८१ (Thursday May 02, 2024)

डोल्पामा हिउँ चितुवाको सङ्ख्या वृद्धि

शुक्रबार ७ बैशाख, २०८१ nepalexplores 1548


डोल्पामा हिउँ चितुवाको सङ्ख्या वृद्धि

७ वैशाख, काठमाडौँ ।
नेपालमा हिउँ चितुवाको सङ्ख्या गत वैशाख देखि भदौसम्म सञ्चालन गरिएको ‘क्यामेरा ट्र्याप’ले डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ। 

नेपालको उच्च हिमाली भु–भागमा पाइने हिउँ चितुवाको बासस्थानमध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ। 

वन तथा भूसंरक्षण विभाग र डिभिजन वन कार्यालय डोल्पाको नेतृत्वमा ‘डब्ल्युडब्ल्युएफ’ नेपालका वन्यजन्तु अनुसन्धानकर्ताले गरेको सर्वेक्षणमा पूर्वी डोल्पाको ढोरपाटन सिकार आरक्ष, शेफोक्सुण्डो र अन्नपूर्ण संरक्षण क्षेत्रका अतिरिक्त हिउँ चितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य)लाई आधार मानिएको हो।

सर्वेक्षणमा प्रति एक सय वर्गकिलोमिटर क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको र अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको निष्कर्ष निकालिएको छ। 

त्यस्तै चार वर्ष अघिको सर्वेक्षणमा ९० वटा हिउँ चितुवा रहेको तथ्याङ थियो। त्यस आधारलाइ हेर्दा डोल्पामा कुल १२० हिउँ चितुवा रहेको सर्वेक्षकको दाबी छ।

हिउँ चितुवा विश्वमै एसियाका १२ राष्ट्रमा मात्र सीमित रहेको र जम्मा ४ हजारदेखि ६ हजार ५०० को सङ्ख्यामा रहेको अनुमान गरिएको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु