शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

मोहियानी हकमा विभेदः तीन पुस्तादेखि तारेख बोक्दै

सोमबार १३ भाद्र, २०७९ Nepalexplores 1376


मोहियानी हकमा विभेदः तीन पुस्तादेखि तारेख बोक्दै

काठमाडौं । दाङको साविक मटेरिया ८, हाल राजपुर–२ (ख) को कित्ता नम्बर ११ को ६ कट्ठा ३ धुर जग्गा जोतभोगको आधारमा जगतराम अहिरका बुबा रिखीराम अहिरले मोहियानी हक कायम गर्न निवेदन दिए । जोतभोगको आधारमा पाउने मोहियानी हकका लागि बाँचुञ्जेल तारेख बोक्दाबोक्दै उनको जीवन बित्यो ।


बाबुको मृत्युपछि छोरा जगतराम अहिरले आफ्नो नाममा मोहियानी हकको नामासारी गरे । बाबुपछि जगतरामको पनि मोहीयानी हकको आशमा तारेख बोक्दाबोक्दै मृत्यु भयो । जगतरामको मृत्युपछि उनकी श्रीमती लीलवाती अहिरले मोहियानी हक आफ्नो नाममा नामसारी गर्न ०७७ सालदेखि कार्यालय धाउँदै आइरहेकी छन् । यद्यपि अझै उनले श्रीमानको नामको मोहीयानी हक नामसारी गराउन सफलता पाएकी छैनन् ।


अहिरका परिवारले पुस्तौंदेखि अधिकार पाउने आशमा तारेख बोक्ने र कार्यालय धाउने गरे पनि मोहियानी हक पाउन सकेको छैन ।

न्याय पाउन अझै कति पुस्ताले तारेख बोक्नुपर्ने हो भन्ने ठेगान नभएको उनको भनाइ छ । तारेख बोक्न लीलावती र उनका छोरा जीवनले जिल्ला सदरमुकाम धाउन लागेको  ३र४ वर्ष बितिसकेको छ । जीवन भन्छन्, ‘सरकारले न्याय होइन, पुस्तौंपुस्ता तारेख मात्रै दियो । मोही किसानले न्याय पाउन सकेका छैनन् ।’

उनीमात्रै होइन, उनी जस्तै पीडा भोगिरहेका लमही नगरपालिका–६ निवासी प्रदिप चौधरीको परिवारले पनि पुस्तौंदेखि मोहियानी हकका लागि तारेख धाइरहेको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु