शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

एमाले सुदूरपश्चिममा अध्यक्षका लागी  तीन जनाको प्रतिस्पर्धा

आईतवार २१ आश्विन, २०८० nepalexplores 1549


एमाले सुदूरपश्चिममा अध्यक्षका लागी  तीन जनाको प्रतिस्पर्धा

२१ असोज, काठमाडौं । 

आजबाट शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा तीन जनाले अध्यक्ष पदमा दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । अहिलेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्यहरु कृष्णप्रसाद जैशी र बचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् ।

यी तीनै जनाले अधिवेशनका लागि धनगढी आइपुगेका प्रतिनिधिहरुसँग भेटघाट बढाएका छन् । तिम्सिनाले आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । ‘म २०४४ सालदेखि पार्टीमा काम गर्दै आएको छु । प्रदेशमा पार्टीले भोगिरहेका समस्याबारे जानकार छु’ तिमिल्सिनाले भने, ‘यो क्षेत्रभित्र रहेका नयाँ पुरानो सबै नेताको मन जितेर पार्टीलाई एकताबद्ध र सबल बनाउन सक्छु भन्ने दृढ विश्वास छ ।’ उनले आफ्नो नेतृत्वको प्रदेश कमिटीले आगामी चुनावमा एमालेलाई प्रदेशमा पहिलो शक्ति बनाउने बताए ।


२०४४ सालदेखि विद्यार्थी राजनीतिमा लागेका तिमिल्सिनाले लामो समय अछामको पार्टी राजनीति गरेका छन् । उनी जिल्ला सदस्य, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख हुँदै जिल्ला अध्यक्ष बनेका थिए ।

अध्यक्ष पदका अर्का आकांक्षी जैशी पनि बलियो र सुदृढ पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन् । ‘हामीले जबजको ३० वर्ष अभ्यास गरेका छौँ । यसलाई जनताबाट निर्वाचित बलियो पार्टी बनाउनुपर्छ भनेर मेरो उम्मेदवारी हो,’ उनले भने ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु