आईतवार १० श्रावण, २०८३ (Sunday July 26, 2026)

कर्तव्य निर्वाह गर्नका लागी सीआईबीलाई बयान दिएको हुँः पुर्वप्रधानमन्त्रि भट्टराई

सोमबार ४ भाद्र, २०८० nepalexplores 1388


कर्तव्य निर्वाह गर्नका लागी सीआईबीलाई बयान दिएको हुँः  पुर्वप्रधानमन्त्रि भट्टराई

४ भदौ २०८०, काठमाडौँ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा सीआईबीलाई बयान दिएका छन् । आफू प्रधानमन्त्री हुँदा यो प्रकरणमा मन्त्रीपरिषद्ले गरेका निर्णयका सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्य तथ्य जानकारी सीआईबीलाई गराएको भट्टराईको भनाइ छ । 

‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो शुरू देखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु’, भट्टराईले ट्वीटरमा लेखेका छन् । 

उनले यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थान बिन्दु बनोस् भन्ने कामना पनि गरेका छन् । 

सीआईबीको टोलीले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईसँग उनैको निवासमा पुगेर बयान लिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु