शुक्रबार २३ आश्विन, २०८३ (Friday October 09, 2026)

सहकारी समस्या समाधानका लागी शक्तिशाली नियमनकारी निकाय गठन गर्दैछौंः गृहमन्त्री श्रेष्ठ 

शुक्रबार १९ माघ, २०८० nepalexplores 1482


सहकारी समस्या समाधानका लागी शक्तिशाली नियमनकारी निकाय गठन गर्दैछौंः गृहमन्त्री श्रेष्ठ 

१९ माघ, काठमाडौं । 
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका समाधान गर्न गठनादेशबाटै भए पनि तत्काल नयमनकारी निकाय गठन गर्ने बताएका छन् ।

अहिले नियमनकारी निकाय गठन गरिहाल्ने र पछाडि ऐनले नै यसलाई शक्तिशाली निकायका रुपमा परिभाषित गर्ने भनेर निर्णय गरेर अगाडि बढेको श्रेष्ठले बताएका हुन् ।


पोखरामा शुक्रबार सुरु भएको प्रादेशिक सुरक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले नेपालको सहकारी मूल्यमान्यताबाट विचलित हुन थालेको बताए । सहकारी ठग्ने वित्तीय संस्था बनेको उनको भनाइ थियो । त्यसो हुन नदिनका निम्ति ऐनको संशोधनको प्रक्रिया अगाडि बढेको श्रेष्ठले बताए ।

७०÷७५ प्रतिशत सहकारी स्थानीय तह, १० प्रतिशत प्रदेश त र त्यही संख्यामा केन्द्रीय सरकार मातहत रहेका श्रेष्ठले बताए । जसका कारण नियमनमा पनि केही समस्या देखा परेका समस्याग्रस्त सहकारीका समस्या तल्काल रेस्पोन्स गर्ने गरी नियमनकारी निकाय गठन गरिने उनेको भनाइ थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु