बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

राप्रपासँग तालमेल गर्न एमाले क्रियाशील

बिहीबार १६ भाद्र, २०७९ Nepalexplores 1398


राप्रपासँग तालमेल गर्न एमाले क्रियाशील

काठमाडौं । सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ एमालेसँग तालमेलबारे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले छलफल गरिरहेको बताउँछन् । ‘पार्टीले अध्यक्षलाई जिम्मा दिएको हो, उहाँले नै कुराकानी गरिरहनुभएको छ’, श्रेष्ठ भन्छन् ।


एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने कुराकानी भइरहे पनि २२ भदौ अगाडि यसबारे कुनै निर्णय नहुने बताउँछन् । ‘तलबाट आएको सिफारिस हेरेपछि थप निर्णय हुन्छ, त्यसअघि केही हुन्न’, उनी भन्छन् ।

चुनावी तालमेलबारे ओलीसँग लिङ्देनले बालकोट पुगेरै यसअघि कुराकानी गरेका थिए । राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले पनि ओलीसँग भेटेका थिए । दुवैतिरका नेताहरू तालमेल हुनेमा बढी विश्वस्त छन् । त्यसको कारण भने सत्तारुढ दलहरुले गठबन्धन गरेकाले एमाले र राप्रपा दुवैलाई तालमेलको खाँचो छ ।

अझ अध्यक्षद्वय ओली र लिङ्देन दुवैले झापामा चुनाव जित्न एकअर्काको मत चाहिने भएकाले पनि तालमेलको सम्भावना बढी छ । राष्ट्रिय रुपमै पनि तालमेल गर्न अरु बलियो दल बाँकी छैन । स्थानीय चुनावमा वीरगञ्ज महानगरसहित केही स्थानमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनसँगै नजिकिएको छ ।

तर राप्रपासँग तालमेल गर्दा एमालेका केही प्रभावशाली नेताहरू समस्यामा पर्ने देखिन्छन् । किनकि राप्रपाको जनमत राम्रो भएको र ठूला नेता रहेको निर्वाचन क्षेत्रमा दाबी गर्ने पक्का छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु