मंगलवार ९ असार, २०८३ (Tuesday June 23, 2026)

दम्भ र अहंकारले पार्टी संगठनलाई  ध्वस्त पारियोः पौडेल

सोमबार २० भाद्र, २०७९ Nepalexplores 5154


दम्भ र अहंकारले पार्टी संगठनलाई  ध्वस्त पारियोः पौडेल

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य एवं पुर्व सांसद देवशंकर पौडेलले कम्युनिष्ट पार्टी भित्र मौलाएको चरम दम्भ र अहंकारले नेपालको कम्युनिष्ठ पार्टीको संगठनलाई ध्वस्त पारिएको जनाएका छन ।

हिजो द्रब्यशाहले आफु राजा बन्ने दौडमा सरिक भई लिगलिगकोट पुगेर राजमुकुट भिरेपछि उनमा बढ्दै गएको दम्भ र अहंकारले त्यस किसिमको प्रक्रिया र व्यवस्था नै खारेज गरिदिए जस्तै नेपालको कम्युनिष्ट आन्दोलनले करिब दुई तिहाईको जनमत प्राप्त गरेको स्वार्णिम अवसरमा जनताका आधारभुत आश्यकताहरुलाई योजनाबद्ध रुपले संबोधन गर्दै निर्वाचनमा गरिएको घोषणपत्र अनुरुप सरकारका नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने थियो तर तत्कालिन नेकपा सरकारका प्रधानमन्त्रीले त्यो बाटो पहिल्याउने भन्दा पनि सरकार र तत्कालिन पार्टीभित्र दम्भ र घमण्ड देखाएर जनमत माथी कुठाराघात गरेको प्रष्ट्याएका छन । 

नागरिकका सेवामा समर्पित भएर प्राप्त भएको असाधारण अवसरलाई नतिजामा बदल्न सकेको भए मुलुकले संमृद्धिको बाटो तय गर्ने थियो, उनको भनाई रहेको छ । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छनः 
द्रब्य शाहले आफू चेपेबाट लिगलिगकोट पुगेर राजमुकुट भिरेपछि, लिगलिगटे प्रतिस्पर्धा नै खारेज गरिदिए, 
ऐले बा ले सगरमाथामा झण्डा गाडी सकेपछि फेरि अरू कहिल्यै चढ्न नसकुन् भनेर संगठन ध्वस्त पारिदिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु