शुक्रबार २९ श्रावण, २०८३ (Friday August 14, 2026)

कप्तान लामिछाने माथी आरोपः मलाई सन्दीपले होटलमा जान बाध्य पारे

बुधबार २२ भाद्र, २०७९ Nepalexplores 1183


कप्तान लामिछाने माथी आरोपः मलाई सन्दीपले होटलमा जान बाध्य पारे

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको भनिएको होटलबाट प्रहरीले प्रमाण संकलन गरेको छ । प्रहरी वृत गौशालाबाट खटिएका अनुसन्धान अधिकृतहरूले बुधवार एयरपोर्टस्थित ‘काठमाडौं इन’ होटलमा पुगेर होटलको क्लोज सर्किट (सिसि) क्यामराका दृश्य संकलन गरेका हुन् ।


अनुसन्धान अधिकृतहरूले होटलका कर्मचारीहरूसँग सोधपुछ गरेका छन् । भदौ ५ मा राति ११ बजे र ५५ मिनेटमा सन्दीपले नाबालिगलाई सो होटलमा लगेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेस नोटमार्फत जानकारी दिएको छ । भदौ ६ मा १२ बजेर २५ मिनेटपछि आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको नाबालिगले जाहेरीमा उल्लेख गरेकी छन् ।


नाबालिग काठमाडौंको एक क्याम्पसमा कक्षा १२ मा पढ्छिन् । स्न्यापच्याट र हवाट्एपमाफर्त कुराकानी भएपछि नाबालिकलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् । ‘दिनभर नगरकोटमा घुमाए, त्यहाँको होटलमा बस्न बारम्बार दबाव दिएपनि मैले अस्विकार गरेपछि काठमाडौं ल्याए’ प्रहरीमा दर्ता भएको जाहेरीमा भनिएको छ–‘काठमाडौं आइपुग्दा मेरो होस्टल बन्द भैसकेको थियो, त्यसैले उनले होटलमा बस्न प्रस्ताव गरेका हुन् ।’


होटलमा दुईवटा कोठामा छुट्टाछुट्टै बस्ने सहमति भएपनि लामिछानेले ‘अरु कोठा खाली रहेनछ’ भन्दै एउटा मात्रै कोठा लिएका थिए । होटलको कोठा नम्बर–३०५ मा आफूलाई बलात्कार गरेको पीडितको आरोप छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार विहान ६ बजेर ४५ मिनेटमा लामिछाने सो होटलबाट आउट भएको देखिएको छ । प्रहरीले नगरकोटमा गएर उनीहरू घुमेको र रेष्टुराँमा बसेको बारे क्लोज सर्किट (सिसि) क्यामराका कैद भएका दृश्य संकलन गरिरहेको छ ।

लामिछाने अहिले क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागी जमैकामा छन् ।​




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु