मंगलवार २० चैत्र, २०८०
२० चैत,काठमाडौं ।
‘द रेड सुट्केस’ले ट्रेलर सार्वजनिक गर्दै संचारकर्मीसँग प्रश्नोत्तर गरेको थियो। निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, अभिनेता सौगात मल्ल, प्रवीण खतिवडा, छायांकार सुसन प्रजापतिले फिल्मबारे छलफल गरे।
रातो सुट्केसको विम्वमार्फत उनले वैदेशिक रोजगारीका सामाजिक आयामलाई चित्रण प्रयत्न गरेका छन्। दृश्य मानवशाष्त्र (भिजुअल एन्थ्रोपोलोजी)मा विद्यावारिधी गरेका देवकोटाको यो डेब्यु फिचर फिल्म हो।
‘हरेक ठाउँको आफ्नै कथा भन्ने शैली हुन्छ’ भन्छन्, ‘म आफ्नो फिल्मले हाम्रो माटोको सुगन्ध बोकोस् भन्ने चाहन्छु। त्यो भयो भने विश्व बजार र फेस्टिभलमा जान हामीलाई अवरोध हुँदैन जस्तो लाग्छ।’
अभिनेता सौगात मल्लले ‘रेड सुट्केज’जस्ता कलात्मक फिल्म गर्दा आफ्नो तिर्खा मेटिएजस्तो हुने बताए। ‘आर्ट फिल्म गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। ‘फिल्म गर्दै जाँदा यस्तो फिल्म गर्न पाइयो। फिडेलसँग १५ वर्षअघि पनि काम गरेका थियौं।
निर्माता रामकृष्ण पोखरेलले राम्रो फिल्म बने अन्तराष्ट्रिय बजारमा जान कठिन नहुने बताए। ‘विदेशी बजारमा जान कठिन र सजिलो दुबै छ। फिल्म राम्रो छ भने त्यति गाह्रो छैन। विश्व बजारमा जाने हो भने त्यही सोच राखेर राम्रो खालको फिल्म बनाउनुपर्छ’ उनले भने।