शनिबार १२ फाल्गुन, २०८० (Saturday February 24, 2024)

 नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउँदै विश्व बैंक, आयोगसँग लियो सुझाव

शुक्रबार २६ माघ, २०८० nepalexplores 1132


 नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउँदै विश्व बैंक, आयोगसँग लियो सुझाव

२६ फागुन, काठमाडौं । 
राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा छलफल भएको हो ।


छलफलमा आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले विश्व बैंक लगायतका विकास साझेदारहरुको कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । विकासलाई नयाँ दिशामा लैजानका लागि उपाध्यक्ष श्रेष्ठले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताएका हुन् ।


‘पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा रि–स्ट्रक्चर गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रमहरु डिजाइन गर्नुपर्छ,’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ ।’

विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औं योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादम्यता मिलाउनु पर्ने बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु