शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

नेपालको र चिनियाँ उपप्रधानमन्त्री बिच भेटघाट

शुक्रबार ११ आश्विन, २०८१ nepalexplores 1347


नेपालको र चिनियाँ उपप्रधानमन्त्री बिच भेटघाट

११ असोज, काठमाडौं । 
नेपालको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ् बीच भेटवार्ता भएको छ।

बेइजिङस्थिति ग्रेट हलमा अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री बिच भएको भेटमा नेपाललाई चिन सरकारले प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता अनुरूप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरेका छन्।

चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना दिए।

उनले नेपालको विकास प्रयासमा चीन सधै साथमा रहेको र विगतका सहमति तथा समझदारीहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने बताए।

अर्थमन्त्री पौडेल र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) अध्यक्ष लुओ चाओहुबीच समेत भेटवार्ता भएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु