शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

विश्व सम्पदामा सूचीकृत हुँदै पनौती नगर

आईतवार १४ माघ, २०८० nepalexplores 1378


विश्व सम्पदामा सूचीकृत हुँदै पनौती नगर

१४ माघ, काठमाडौं । 

ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपुर्ण नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने भएको छ। विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरले जनाएको छ।


उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो। विश्व सम्पदामा सूचीकृत हुने तयारीअन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको हो।

युनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाइने नगरप्रमुख रामशरण भण्डारीले बताए। उनले भने, ‘नगरद्वारा व्यवस्थापकीय तयारी भइरहेको छ, करिब दुई महिनामा उक्त तयारी सकेपछि सूचीकृतका लागि ‘फाइल’ युनेस्को पठाउने छौँ।’

भण्डारीका अनुसार उक्त क्षेत्र समुदायले संरक्षण गर्न सक्नेरनसक्नेबारे स्थानीयस्तरमा छलफलको तयारी भइरहेको छ। पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य विसं २०७९ मा अघि बढाइएपछि युनेस्कोको नेपालप्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरेका थिए।

अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले लागि आवश्यक बजेट छुट्याएर प्रक्रिया अघि बढाइएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु