आईतवार ९ आश्विन, २०७९
काठमाण्डौ । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेश कमिटीको भेला सम्पन्न भएको छ । शविबार सम्पन्न भेलाले बाग्मति र उपत्यका प्रदेश कमिटीमा बाँकी रेहेका मातहतका कमिटीहरुको जिम्मेवारी पनि तोकेको छ ।
नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा वागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा पार्टी उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा लगायतका व्यक्तित्वहरुले मन्तव्य राखेका थिए । भेलाको ध्रुर्व रायमाझीको नेतृत्वमा बाग्मति प्रदेश कमिटी गठन गरेको छ । समाजवादी प्रेस संगठन रामेछापको संयोजकमा डेनो थिङ र सचिवमा एलिना कार्कीलाई जिम्मेवारी तोकेको बताईएको छ ।
तस्बीरः स्यारोण घिसिङ