बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

एमाले उपसभामुखलाई बिदामा राखेर प्रदेश सरकारलाई अप्ठयारोमा पार्ने प्रपञ्च  गर्योः  राई

सोमबार ४ भाद्र, २०८० nepalexplores 1206


एमाले उपसभामुखलाई बिदामा राखेर प्रदेश सरकारलाई अप्ठयारोमा पार्ने प्रपञ्च  गर्योः  राई


४ भदौ, काठमाडौं । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिन अप्ठयारोमा पार्ने प्रपञ्चमा नेकपा (एमाले) लागिपरेको आरोप लगाएका छन् । मुख्यमन्त्री विश्वासको मत लिनुअघि प्रदेशसभा बैठकमा बोल्दै राईले संसद् टार्न उपसभामुख सिर्जना दनुवारले बिरामीको बहाना बनाएको बताए ।


मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश्वासको मतका लागि समय तोक्ने काम उपसभामुखले पहिलो पटक गर्नु सामान्य नभएको उनको भनाइ छ । उनले संसारको कुनै पनि संसदीय अभ्यासमा नभएको कुरा कोशी प्रदेशमा भएको भन्दै यसको के उद्देश्य छ भन्दै प्रश्न गरे ।


उपसभामुखले सभाको अध्यक्षता गर्न नसकेको अवस्थामा जेष्ठ सदस्यले अध्यक्षता गर्नुपर्ने भएमा कार्यालय समय सकिँदा पनि ९ जना सांसदले बिदाको चिठी स्विकृत गरेको आरोप पनि उनले लगाए । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु