शुक्रबार २९ जेष्ठ, २०८३ (Friday June 12, 2026)

कार्यदलले प्रतिवेदन तयार गर्यो, भोलि शीर्ष नेतालाई बुझाईने

बुधबार २२ भाद्र, २०७९ Nepalexplores 1383


कार्यदलले प्रतिवेदन तयार गर्यो, भोलि शीर्ष नेतालाई बुझाईने

काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको हो ।


प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिएर भोलि शीर्ष नेताहरूलाई बुझाइने बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट करिब–करिब टुंगिएको बताउँदै उनले भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताए । कार्यदलको बैठकबाट प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने उनले बताए ।


‘जुन जिम्मेवारी छ । त्यसअनुसार आज हामीले प्रतिवेदन तयार गरेका छौँ । यो प्रतिवेदनलाई भोलि बिहान अन्तिम रुप दिनेछौँ । सिट संख्या करिब करिब मिलेको छ । केही कुराहरुमा छलफलको आवश्यकता छ,’ उनले भने, ९ बजे कार्यदलको बैठक बस्छ । अन्तिम रुप दिएपछि बुझाउँछौं ।’  छलफल सकिएपछि औपचारिक जानकारी गराउने उनले बताए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु