शुक्रबार १९ असार, २०८३ (Friday July 03, 2026)

हरि बुढामगरलाई माओवादीले गर्यो,सम्मान

मंगलवार १६ जेष्ठ, २०८० Nepalexplores 2246


हरि बुढामगरलाई माओवादीले गर्यो,सम्मान

काठमाडौं, जेठ १६
मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय स्थित पेरिसडाँडामा  दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल रोल्पाका हरि बुढामगरलाई नेकपा माओवादी केन्द्रको तर्फ बाट उपाध्यक्ष कृष्णबहादुर महराले सम्मानपत्र सहित खादा ओढाएर सम्मान गरेका हुन्।


बेलायती सेनामा कार्यरत अफगानिस्तानमा खटिएको बेला विद्रोहीको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका हरि बुढामगरले यही जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए । कार्यक्रममा बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको जानकारी दिए । अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि अवसर र मौका दिन उनले आग्रह गरे ।


अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्व शान्तिको अभियान सुरु गर्ने योजनामा रहेका बुढामगरलाई पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत महराले जनाए । एउटा ठूलो शान्तिको मिशनमा हुनुहुन्छ । अपांग भएका व्यक्तिहरु खोजेर टिम बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छोड्न चाहनु हुन्छ । त्यसको निमित्त हाम्रो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट म आफैं पनि माओवादी जनयुद्धबाट शान्ति प्रक्रियाको मिशनमा लागेका व्यक्तिको हैसियतले सहयोग गर्न तयार छु,’ महराले भने।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु