आईतवार १४ माघ, २०८०
१४ माघ, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद्ले ‘मिसन २०२६’ अन्तर्गत २० औं एसियाली खेलकुद विशेष प्रशिक्षण कार्यक्रमको घोषणा गरेको छ ।काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै परिषद्ले माघ १५ गते देखि २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणको कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो ।
परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भने,‘संयुक्त राष्ट्रिय संघहरुले निकै मेहेनत गर्नुभएको छ । आफ्ना खेलाडीहरु छनोट, प्रशिक्षकहरु छनोट र कोको बन्द प्रशिक्षणमा रहन्छन् भन्ने नाम आइसकेको छ । हामीले भोलि (सोमबार) बाट नै औपचारिकरूपले सुरु गर्न लागेका छौं । अब हामी औपचारिक रुपले ‘मिसन २०२६ लाई लगेका छौं ।’
मिसनः २०२६ मा २० औं एसियाली खेलकुद र पाँचौ पारा एसियन खेलकुदलाई राखेपले समान प्राथमिकता दिने पनि उनले बताए । विगतलाई धेरै कोट्याएर बसेर समय बर्बाद गर्नुभन्दा वर्तमानमा रहेको भूमिका गम्भीरतापूर्वक पूरा गर्नुपर्ने उनको भनाइ थियो ।