बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

राखेपले गर्यो २० औं एसियाली खेलकुद विशेष प्रशिक्षण कार्यक्रमको घोषणा

आईतवार १४ माघ, २०८० nepalexplores 1561


राखेपले गर्यो २० औं एसियाली खेलकुद विशेष प्रशिक्षण कार्यक्रमको घोषणा

१४ माघ, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद्ले ‘मिसन २०२६’ अन्तर्गत २० औं एसियाली खेलकुद विशेष प्रशिक्षण कार्यक्रमको घोषणा गरेको छ ।काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै परिषद्ले माघ १५ गते देखि २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणको कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो । 
 
परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भने,‘संयुक्त राष्ट्रिय संघहरुले निकै मेहेनत गर्नुभएको छ । आफ्ना खेलाडीहरु छनोट, प्रशिक्षकहरु छनोट र कोको बन्द प्रशिक्षणमा रहन्छन् भन्ने नाम आइसकेको छ । हामीले भोलि (सोमबार) बाट नै औपचारिकरूपले सुरु गर्न लागेका छौं । अब हामी औपचारिक रुपले ‘मिसन २०२६ लाई लगेका छौं ।’
 
मिसनः २०२६ मा २० औं एसियाली खेलकुद र पाँचौ पारा एसियन खेलकुदलाई राखेपले समान प्राथमिकता दिने पनि उनले बताए । विगतलाई धेरै कोट्याएर बसेर समय बर्बाद गर्नुभन्दा वर्तमानमा रहेको भूमिका गम्भीरतापूर्वक पूरा गर्नुपर्ने उनको भनाइ थियो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु