बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

एमालेले लुम्बिनी प्रदेश अधिवेशनको पूरा गर्यो तयारी 

शुक्रबार १५ भाद्र, २०८० nepalexplores 1523


एमालेले लुम्बिनी प्रदेश अधिवेशनको पूरा गर्यो तयारी 

१५ भदौ, काठमाडौँ। 

नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी गराए ।


अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो साढे १२ बजे गर्ने कार्यक्रम तय भएको उनले बताए ।

उद्घाटन सत्रमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेश इन्चार्ज पदमा अर्याल लगायत सहभागी हुने कँडेलले बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु